पोखरा, १४ चैत । बाबा फाउण्डेशन नेपालको आयोजनामा डष्टविन वितरण कार्यक्रम सम्पन्न भएको छ । “फोहर वर्गीकण गरी डष्टविनमा मात्र फाल्ने गरौं, सभ्य नागरिकको परिचय दिऔं ।” भन्ने मुल नाराका साथ बिहिबार उक्त कार्यक्रमा फाउण्डेशनले श्री राम आधारभुत विद्यालयको लागि ४४ वटा र पोखरा महानगरपालिका–८ वडा कार्यालयको लागि ११ वटा डष्टविन वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले बाबा फाउण्डेशनले बालबालिका तथा वातावरण सम्बधित गरेको यो अभियान अत्यन्तै सह्रानय भएको बताए । उनले यो अभियानको लागि वडाकार्यालय ८ बाट सधैं साथ रहने समेत बताए ।

बाबा फउण्डेशनले स्थापना काल देखि नै बालबालिका र वातावरणको क्षेत्रमा काम गर्दै आएको फउण्डेशनका अध्यक्ष दिलिप राज श्रेष्ठले जानकारी दिए । उनले सुन्दर नगरी पोखराको वातावरणलाई सफा बनाई सधंै सुन्दर हराभरा बनाउन महानगरपालिका र बाबा फाउण्डेशन कोशेढुङ्गा सावित हुने समेत दावी गरे ।

त्यस्तै फाउण्डेशनका सदस्य प्रेम प्रसाद शर्माले स्वस्थ,सफा वातावरण र कुनैपनि बालबालिका शिक्षा बाट बञ्चित नहोस् भन्ने नै फाउण्डेशनको मुख्य उदेश्य भएको बताए । साथै उनले उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

बाबा फाउण्डेशन २०६५ सालमा स्थापना भई सुरुको वर्षदेखि नै विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई झोला,विद्यालय पोषाक,पुस्तक,कापी,कलम आदि वितरण तथा सरसफाई जस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ ।