गोकुल बानियाँ, पोखरा ६ असोज । विश्व मुटु दिवसको दिन पोखरामा बृहत साईकल यात्रा हुने भएको छ । ‘स्वस्थ मुटु , सबैका लागि, जहिले पनि जहाँ पनि ’नाराको साथ बृहत साईकल ¥यालीको आयोजना गर्न लागिएको हो ।

साईकल सिटी पोखरा र जयन्ति स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा विश्व मुटु दिवसको दिन असोज १२ गते साईकल ¥याली गर्न लागिएको बुधवार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो । कुल २८ किलोमिटरको साईकल ¥यालीमा साढे दुई सय भन्दा बढीले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

¥यालीमा सहभागिताको लागि तीन सय रुपैया शुल्क लाग्ने र असोज ११ गते सम्म नाम दर्ता गराउन सकिने कार्यक्रम संयोजक निरज थापाले जानकारी दिए । उनका अनुसार बुधवार सम्म एक सय ५० जनाले नाम दर्ता गराईसकेका छन् ।

पोखरा सहित काठमाण्डौ, गोरखा, बाग्लुङका साईकल यात्री पनि ¥यालीमा सहभागि हुने आयोजकले जनाएको छ । पोखरा सभागृहबाट सुरु हुने ¥याली पोखराका बिभिन्न स्थान परिक्रमा गरी पुन पोखरा सभागृहमै आएर टुङ्गिने छ । साईकल यात्रामा विश्व साईकल यात्री पुष्कर शाह सहभागि हुदैछन् ।

कार्यक्रमलाई कास्की जिल्ला साईकल संघ र नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेका छन् भने जिल्ला विकास समिति कास्की, पोखरा उप–महानगरपालिका, पोखरा उद्योग बाणिज्य संघ, बाबा फाउण्डेशन, फिस्टेल लज लगायतका संघसंस्था र स्वदेश तथा विदेशमा रहेका ब्यक्तिहरुले पनि सहयोग गरेका छन् । ¥याली सम्पन्न गर्न चार लाख ५५ हजार खर्च अनुमान गरिएको अर्थ संयोजक दिलिप श्रेष्ठले जानकारी दिए ।

फ्रान्समा ११२ बर्ष अघि सुरु भएको ‘टुर दि फ्रान्स’ लाई झल्को दिने गरी पोखरामा पहिलो पटक आयोजना गर्न लागिएको ‘टुर दि पोखरा ’ साईकल ¥यालीले पोखरालाई साईकल मैत्री शहर बनाउन भूमिका खेल्ने विश्वास लिईएको छ ।

जयन्ति स्मृति प्रतिष्ठानकी प्रमुख आज्ञा खाणले मुटु रोगबाट स्वस्थ रहन पनि साईकल यात्रा फलदायी हुने बताईन् । प्रतिष्ठानले अहिले सम्म तीन हजार भन्दा बढी मुटुरोगीलाई सेवा दिईसकेको उनले जानकारी दिईन् । आगामी बर्षदेखि मुटु दिवसका दिन प्रतिष्ठानको तर्फबाट पोखरामा कार्यक्रम गर्ने उनले प्रतिबद्धता जनाईन् ।

कार्यक्रमका बरिष्ठ सल्लाहकार आनन्दराज मुल्मीका अनुसार दिवसको अबसरमा पोखराका तीन स्कुलमा बिद्यार्थीको लागि मुटु स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम पनि हुनेछन् ।